विविध

केएल दुगड अन्तर्गतको स्वस्तिक आयल उत्कृष्ट निर्यात कम्पनी

By खबरहब

December 05, 2021

काठमाडौँ– केएल दुगड समूह अन्तर्गतको स्वस्तिक आयल इण्डष्ट्रिज प्रा.लिलाईआर्थिक वर्ष २०७७/७८मा मोरङ सुनसरी औद्योगिक कोरिडोरबाट सर्वाधिक निर्यात गरी मुलुकको व्यापार घाटा न्युनीकरण एवम् अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याइ उत्कृष्ट निर्यातकर्ता भएकोमा मोरङ व्यापार संघले सम्मान गरेको छ ।

संघले उक्त सम्मान आफ्नो ६५औँ वार्षिक साधारण सभाको समुदघाटन समारोहको अवसरमा अर्थमन्त्री जनार्दन शर्माज्यूबाट स्वस्तिक आयल इण्डष्ट्रिजका संचालक विकास दुगडलाई प्रदान गरेको हो ।

स्वस्तिक आयल इण्डष्ट्रिजले स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ सनफ्लावार तेल, सनफ्लो सनफ्लावार तेल जस्ता गुणस्तरीय तथा लोकप्रिय तेलहरु उत्पादन गरि बिक्रि–वितरण गर्दै आईरहेको छ ।