gjlgjf{lrt cWoIf lnªb]g sf7df8f}F, !( dªl;/ M /fli6«o k|hftGq kf6L{sf] cWoIf kbdf lgjf{lrt ePkl5 ;Daf]wg ug]{ qmddf gjlgjf{lrt cWoIf /fh]Gb| lnªb]g . tl:a/M s[i0f/fh uf}td÷ /f;;

राजनीति

राप्रपाका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथ, कमल थापाको ‘बहिस्कार

By खबरहब

December 05, 2021

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सम्पन्न एकता महाधिवेशमा निर्वाचित अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनसहितका पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिएका छन् ।

आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले अध्यक्षसहित नवर्निवाचित पदाधिकारीलाई शपथ गराउँदै प्रमाणपत्र प्रदान गरे ।

महाधिवेशनबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, रोशन कार्की तथा महामन्त्रीत्रयमा धवल शमशेर राणा, भुवन पाठक र कुन्तीकुमारी शाहीसहित १४९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

राष्ट्रियता, प्रजातन्त्र र उद्धारबादको नीतिअनुसार अघि बढेको राप्रपाले यो महाधिवेशनमार्फत नेतृत्वमा पुस्ता हस्तान्तरण गर्न सफल भएको छ ।

शपथ ग्रहण कार्यक्रममा अध्यक्षमा पराजित कमल थापा भने देखिएनन् ।