अन्तर्राष्ट्रिय

नेपालका लागि पूर्व अमेरिकी राजदूत टेप्लिज सहायक विदेशमन्त्रीमा नियुक्त

By खबरहब

December 05, 2021

काठमाडौँ– नेपालका लागि पूर्व अमेरिकी राजदूत अलाइना बी टेप्लिज अमेरिकाको सहायक विदेशमन्त्री बनेकी छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले टेप्लिजलाई प्रशासनतर्फ अमेरिकी विदेश मन्त्रालयमा सहायक विदेशमन्त्री नियुक्त गरेका छन् ।

उनी सन् २०१५ देखि सन् २०१८ सम्म नेपालमा राजदूतको रुपमा कार्यरत थिइन् ।

टेप्लिज हालै श्रीलंकाको राजदूतका भएर अमेरिका फर्किएकी थिइन् । उनले सन् २०१८ देखि मालदिभ्सका लागि राजदूतका रुपमा समेत काम गरेकी थिइन्।सन् २०११ देखि सन् २०१२ सम्म काबुलमा समेत उनले काम गरेकी थिइन्। उनले बंगलादेश, बेल्जियम र अष्ट्रेलियामा समेत अमेरिकी कूटनीतिज्ञका रुपमा काम गरिसकेकी छन् ।

उनले सन् १९९१ मा अमेरिकी विदेश मन्त्रालयमा सेवा सुरु गरेकी हुन् ।