राजनीति

मतगणना जारी रहेका तीनै प्रदेशमा पौडेल समूहले लियो अग्रता

By खबरहब

December 05, 2021

काठमाडौँ– कांग्रेस प्रदेश अधिवेशन अन्तर्गत मतगणना जारी रहेका लुम्बिनी, प्रदेश १ र वागमती प्रदेशमा पौडेल समूहका उम्मेदवारले अग्रता बनाएका छन् ।

प्रदेश १ मा पौडेल पक्षका सभापतिका उम्मेदवार ८ सय मत गणना हुँदा गुरुराज घिमिरेले ४०८ प्राप्त गरेका छन् भने देउवा समूहको समर्थनमा सिटौला समूहबाट उम्मेदवार बनेका उद्धव थापा ३६४ ले मत प्राप्त गरेका छन् । प्रदेश १ को विराटनगरमा मतगणना जारी छ । प्रदेश १ को मतगण्ना अन्तिम चरणमा पुगेको छ ।

यस्तै पहिलो चरणमा कसैले पनि ५० प्रतिशतभन्दा माथि मत नल्याएपछि पुनः मतदान भएको वागमती प्रदेशको पनि मतगणना सुरु भएको छ । सुरुआती रुझानमा पौडेल समूहका सभापति उम्मेदवार जगदिश्वर नरसिंह केसीले अग्रता बनाएका छन् ।

५ सय मत गण्ना हुँदा केसीले २५६ र देउवा समूहका उम्मेदवार इन्द्र बानियाँले २४३ मत प्राप्त गरेका छन् । वागमीतमा २००० भन्दा धेरै मत खसेको छ ।

लुम्बिनीमा ७३० मत गणना हुँदा सभापतिमा अमरसिंह पुन मगरले ४०२ र अर्का सभापतिका उम्मेदवार भरत कुमार शाह ३२४ मत पाएका छन् । यो प्रदेशमा करिब ११ सय मत खसेको छ ।