राजनीति

वागमतीमा बानियाँले अग्रता फराकिलो बनाए

By खबरहब

December 05, 2021

काठमाडौँ– नेपाली कांग्रेस वागमती प्रदेश अधिवेशनको मतगणना जारी रहँदा देउवा समूहका सभापतिका उम्मेदबार इन्द्र बानियाँले अग्रता फराकिलो बनाएका छन् ।

पहिलो सय मत गणनामा देउवा पक्षीय उम्मेदवार इन्द्र बानियाँले अग्रता लिए भने त्यसपछि अर्को सय मत गणना हुँदा पौडेल पक्षीय उम्मेदवार जगदिश्वर नरसिंह केसीले अग्रता बनाए ।

अहिले १५१० मत गणना हुँदा बानियाँले ८०० मत प्राप्त गरेका छन् भने केसीले ७०१ मत पाएका छन् ।

पहिलो चरणमा भएको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत मत नल्याएपछि वागमतीमा पुनः मतदान भएको थियो । यहाँ दुईहजार भन्दा धेरै मत खसेको छ ।