राजनीति

कांग्रेस वागमती प्रदेश सभापतिमा बानियाँ विजयी

By खबरहब

December 05, 2021

काठमाडौँ– नेपाली कांग्रेस वागमती प्रदेशको सभापतिमा इन्द्रबहादुर बानियाँ विजयी भएका छन् । आइतबार भएको दोस्रो चरण मतदानमा उनले विजयी हुन आवश्यक ५० प्रतिशतभन्दा धेरै मत प्राप्त गरेका छन् ।

देउवा पक्षीय बानियाँले पौडेल पक्षीय उम्मेदवार जगदिश्वर नरसिंह केसीलाई पराजित गर्दै प्रदेश सभापतिमा बाजी मारेका हुन् । अन्तिम मत परिणाम अनुसार बानियाँले १०८५ मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी केसीले ९२७ मत प्राप्त गरेका छन् ।

बाँनियाँ मकवानपुरका हुन् । उनी वागमती प्रदेशसभा कांग्रेस संसदीय दलका नेतासमेत हुन् । बानियाँसँगै देउवा पक्षले ३ वटा प्रदेशमा सभापति जितेको छ । पौडेल पक्षले भने एक प्रदेश गण्डकीमामात्र जित हात पारेको छ ।

अझै लुम्बनी र प्रदेश १ मा मतगण्ना जारी छ । यी दुबै प्रदेशमा पौडेल समूहले अग्रता लिइरहेको छ ।