प्रतिकात्मक तस्वीर

देश/प्रदेश

बस र एम्बुलेन्स ठोक्किँदा ६ जना घाइते

By खबरहब

December 05, 2021

चितवन– भरतपुर महानगरपालिका–१५ रामपुरमा बस र एम्बुलेन्स ठोक्किँदा छ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चौबिसकोठीबाट शारदानगरतर्फ जाँदै गरेको ना६ख ९४५८ नंको बसमा सोही दिशातर्फ बिरामी पुर्‍याउन जाँदै गरेको वाग्मती प्रदेश ०१–०२३च ९९९ नंको एम्बुलेन्सले आइतबार दिउँसो ठक्कर दिएको थियो ।

ठक्करबाट एम्बुलेन्समा सवार चालकसहित छ जना घाइते भएका हुन् । घाइतेमध्ये एकको अवस्था गम्भीर रहेको छ । दुईको मध्यम र तीनजनाको अवस्था सामान्य रहेको छ ।

घाइतेको चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । रासस