रोचक/विचित्र संसार

मालिकले ल्याएको माछा कुकुरले बचायो

By खबरहब

January 06, 2021

कैयौं पटक मानिसभन्दा बढि जनावर संवेदनशील देखिन्छन् । यसैको उदाहरण बनेको छ, सामाजिक सञ्जालको एक भिडियो ।

केही दिनअघि सामाजिक सञ्जालमा भाइरल बनेको एक भिडियोमा एक कुकुरको भावनाले सबैको मन छोएको छ । यस भिडियोमा एक कुकुर माछाको जीवन रक्षाका निम्ति गरेको प्रयाशले सबैको मन जितेको हो ।

एक ब्यक्तिले शेयर गरेको उक्त भिडियो निकै प्रेरणादायक छ । जहाँ एक कुकुर आफ्नो मालिकले ल्याएको माछा जो अन्तिम सास लिइरहेका थिए त्यसमध्ये एक माछालाई कुकुरले मुखले समातेर पानी भरिएको टबमा हाल्दछ ।

जसै कुकुरले माछालाई पानीमा छाड्दछ माछा सहजतापूर्वक खुसीसाथ तैरीन थाल्दछ । यो देखेर कुकुर राहत महशुस गर्दछ र अन्य माछा बचाउने हिम्मत राख्दछ । यो भिडियोमा दर्शकले कुकुरको प्रशंशा गरेका छन् ।