समाचार

२४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए ? 

By खबरहब

January 06, 2021

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको जानकारी दिएको छ । जसमध्ये गत २४ घण्टामा ४०९ संक्रमित थपिएका हुन ।

मन्त्रालयका अनुसार हाल देशभर ५ हजार १३३ सक्रिय संक्रमित छन्। पछिल्लो २४ घण्टामा थपिएका संक्रमितमध्ये प्रदेश १ को झापामा २ र मोरङमा ११ जना रहेका छन् ।

यसैगरी प्रदेश २ को धनुषामा १, पर्सामा २ र बारामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार बागमती प्रदेशको काठमाडौंमा १५९, काभ्रेमा ६, चितवनमा १७, दोलखामा ६, धादिङमा १, नुवाकोटमा २, भक्तपुरमा २४, रामेछापमा १, ललितपुरमा ५० र सिन्धुलीमा १ जना संक्रमित थपिएका हुन ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा २७, गोरखामा १, तनहुँमा २, नवलपरासी पूर्वमा ४, म्याग्दीमा १, लमजुङमा ३, बागलुङमा २ र स्याङजामा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यस्तै लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १०, कपिलवस्तुमा ४, गुल्मीमा ५, दाङमा ४, नवलपरासीमा ५, पाल्पामा ७, बर्दियामा १, बाँकेमा १२, रोल्पामा ३ र रुपन्देहीमा २५ जनामा कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा संक्रमित भेटिएको छैनन भने सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १ र कैलालीमा ६ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।