राजनीति

२४ घण्टामा थपिए ४७ जना कोरोना संक्रमित

By खबरहब

March 06, 2021

काठमाडौं– पछिल्लो २४ घण्टामा नेपालमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको विवरण अनुसार पछिल्लो २४ घण्टामा ६२ जना संक्रमित निको भएका छन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ८ सय १७ रहेको छ ।

यस्तै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ६ सय ५५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ७० हजार ८ सय २८ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । हालसम्म नेपालमा कोरोनाका कारण ३ हजार १० जनाले ज्यान गुमाएका छन् ।