क्रिकेट

ईपीएल : क्वालिफायरमा चितवन र पोखरा तथा एलिमिनेटरमा काठमाडौँ र भैरहवा भिड्दै

By खबरहब

October 06, 2021

काठमाडौँ- राजधानीमा जारी चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा आज बुधबार दुई खेल हुँदैछन् ।

टियु क्रिकेट मैदानमा आज प्ले अफ अन्तर्गतको क्वालिफायर र एलिमिनेटर खेल हुने भएको हो । पहिलो क्वालिफायरमा चितवन टाइगर्स र पोखरा राइनोज बिहान साढे ९ बजे मैदान उत्रनेछन् ।

सोमपाल कामीको कप्तानीमा रहेको चितवन र विनोद भण्डारीको कप्तानीमा रहेको पोखरा दुबै टोली आज जित निकाल्दै फाइनल पुग्न चाहन्छन् ।

यस खेलको विजेताले सिधै फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टोलीले दोस्रो क्वालिफायरको मौका पाउने छ । दोस्रो क्वालिफायरमा एलिमिनेटरको विजेतासँग खेल्नेछ ।

आजै हुने एलिमिनेटरमा काठमाडौं किङ्स-११ र भैरहवा ग्लाडीयटर्सबीच दिउँसो साढे १ बजे प्रतिस्पर्धा हुनेछ । शरद भेषवाकरको कप्तानीमा रहेको भैरहवा तेस्रो र सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौंले चौंथो स्थानमा रहदै एलिमिनेटर खेल्न लागेको हो ।

प्रतियोगिताको विजेताले ५० लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १५ लाख पाउने जनाएको छ ।