क्रिकेट

आईपीएल : मुम्बईले राजस्थानलाई ८ विकेटले हरायो

By खबरहब

October 06, 2021

काठमाडौँ – ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा मुम्बई इन्डियन्सले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ ।

सारजाहमा मंगलबार भएको खेलमा राजस्थानले दिएको ९१ रनको लक्ष्य मुम्बईले ८ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो ।

मुम्बईको जितमा इशान किशनले अविजित रहदै ५० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान रोहित शर्माले २२ रन जोड्दा सूर्यकुमार यादवले १३ रन बनाए । हार्दिक पाण्डयले अविजित ५ रन बनाए ।

राजस्थानका मुस्ताफिजुर रहमान र चेतन साकरियाले १-१ विकेट लिए । पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर ९० रन बनाएको थियो ।

यस जितसँगै मुम्बईले प्ले अफ सम्भावना कायम राखेको छ । मुम्बई १३ खेलमा १२ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । राजस्थान १० अंक जोडेर सातौं स्थानमा रहेको छ ।