रोचक/विचित्र संसार

अनलाइनबाट किनेको सामान जब भालुले चोरेर हिड्यो…(भिडियोसहित)

By खबरहब

October 06, 2021

अनलाइनमा सामान किन्ने अहिले एक ट्रेण्ड नै चलेको छ । बजार नगई बजारको सामान घरमा नै पाउने भएपछि धेरैले अनलाईन सपिङ गर्दछन् । र डेलिभरीकर्ताले घरसम्म सामान ल्याएर दिन्छन् । तर अमेरीकामा भने अनलाइन सपिङमा अनौठो घटना भएको छ ।

अमेरिकाको कनेक्टिकटस्थित ब्रिस्टलमा एक महिलाले आफ्नो घरको ठेगना दिदैँ अमेजन अनलाईनबाट एक सामान मगाइन् । उनको अर्डर दिन आएका डेलिवरी ब्वाईले घरको सो ठेगानामा पुग्दै घर बाहिर नै सामान छाडेर गए । तर अचानक एक भालू आई अनलाइन सपिङबाट किनेको सो सामानको प्याकेट मुखमा च्यापेर भाग्यो ।

अनलाइनमा सामान किनेकी ब्रिस्टल निवासी क्रिस्टिन लेविन जब आफ्नो अर्डर लिन बाहिर आइन तब उनले सामान पाइनन् । उनले आफ्नो सामान कसैले चोरी गरेको शंका गरीन् र सिसिटिभी फुटेज हेरीन् । तब मात्र अनलाइन सपिङमा किनेको सामान अरु कसैले नभई एक भालुले लिएर गएको पत्ता लाग्यो । भालुले चोरेको सामान चाँहि ट्वाइलेट पेपर थियो ।

 स्रोत जी न्यूज