क्रिकेट

चितवन टाइगर्स पहिलो पटक ईपीएलको फाइनलमा

By खबरहब

October 06, 2021

काठमाडौँ- चितवन टाइगर्स पहिलो पटक एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा बुधबार भएको क्वालिफायरमा पोखरा राइनोजलाई ९ विकेटले हराउँदै चितवन पहिलो पटक फाइनलमा पुगेको हो ।

पोखराले दिएको ६७ रनको लक्ष्य चितवनले ७ ओभर ५ बलमा १ विकेटको क्षतीमा पूरा गर्‍यो ।

चितवनको जितमा मोहमद साहजदले सर्वाधिक ४८ रन बनाए । यस्तै हसिम अन्सारीले अविजित १४ रन जोडे । करिम जनत ४ रनमा अविजित रहे  ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १५ ओभरमा अलआउट हुँदै ६६ रन बनाएको थियो ।

पोखराका लागि रिचार्ड लेभीले सर्वाधिक १९ रन बनाए । सुनिल धमलाले १८ रन जोड्दा सुशन भारीले १२ रन बनाए ।

पोखरालाई सस्तैमा समेट्न चितवनका सागर ढकाल र शाहब आलमले ४/४ विकेट लिए । सोमपाल कामी र करिम जनतले १/१ विकेट लिए ।