राजनीति

परराष्ट्रमन्त्री खड्का र भारतीय राजदूतबीच भेटवार्ता, अर्को साता कोभिसिल्ड आपूर्ति हुने

By खबरहब

October 06, 2021

काठमाडौँ- नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गरेका छन् ।

आज (बुधबार) अपरान्ह सिंहदरबारस्थित् परराष्ट्र मन्त्रालयमा पुगेर राजदूत क्वात्राले मन्त्री खड्कासँग भेटवार्ता गरेका हुन् ।

भेटवार्तामा नेपाल–भारत द्धिपक्षीय सम्बन्ध सबै महत्वपूर्ण आयामबारे छलफल भएको थियो ।

यस्तै अर्को सातादेखि भारतबाट नेपालमा आपूर्ति हुने कोभिसिल्ड खोपको विषयमा पनि कुराकानी भएको जनाइएको । भारतबाट अर्को साता १० लाख डोज कोभिसिल्ड खोप आउने निश्चित भएको छ ।