फाइल फोटो

राजनीति

राष्ट्रिय सहमतिबाटै एमसीसीलाई अघि बढाइन्छ : परराष्ट्रमन्त्री खड्का

By खबरहब

October 06, 2021

काठमाडौँ- परराष्ट्रमन्त्री डा नारायण खड्काले राष्ट्रिय सहमतिबाटै एमसीसीलाई अघि बढाइने बताएका छन् ।

सिंहदरबारमा बुधबार बसेको प्रतिनिधिसभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्री खड्काल एमसीसी नेपालको हितमा रहेमात्र राष्ट्रिय सहमतिबाट अघि बढाउने बताएका हुन् । उनले एमसीसी मुलुकको हितमा रहेको नपाइए स्पष्ट रुपमा अमेरिकासमक्ष आफ्नो कुरा राख्नुपर्ने तर्क गरे ।

मन्त्री खड्काले परराष्ट्रनीति मुलुकको ऐना भएको भन्दै यसलाई राजनीतिक सहमति मार्फत नै अन्तिम रुप दिनुपर्ने धारणा राखे ।

त्यस्तै मन्त्री खड्काले अन्तराष्ट्रियसम्बन्धलाई मुलुकको हितका आधारमा अघि बढाउनका लागि आफु प्रतिवद्ध रहेको बताए । बैठकमा उनले संयुक्त राष्ट्रसंघको ७६ औँ महासभामा छलफलका बारेमा पनि बैठकमा जानकारी गराएका थिए ।