फाइल फोटो

राजनीति

माओवादीले टुंग्यायो मन्त्रीको नाम (सूचीसहित)

By खबरहब

October 06, 2021

काठमाडौँ- नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेका मन्त्री टुंगो लगाएको छ ।

बुधबार बसेको माओवादी स्थायी कमिटी बैठकले आफूहरुको भागमा परेका मन्त्रीहरुको नाम टुंगो लगाएको प्रवक्ता कृष्ण बहादुर महराले जानकारी दिए ।

उनका अनुसार  देवेन्द्र पौडेल, शशी श्रेष्ठ, महेश्वर गहतराज र मोधमाया यादवको नाम टुंगो लगाइएको हो । ४ जनामध्ये बोधामाया राज्यमन्त्रीको भूमिकामा रहने उनले बताए ।

यसअघि माओवादीको तर्फबाट देउवा सरकारमा दुई मन्त्री सहभागी भैसकेका छन् । जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जामन्त्रीको रुपमा रहेका छन् । आज मन्त्रीहरुको  नाम टुंग्याइए पनि मन्त्रालय भने टुंगो लाग्न बाँकी रहेको प्रवक्ता महराले बताए ।

त्यस्तै बैठकले पार्टी निकट अखिल क्रान्तिकारीको पदाधिकारी चयनमा देखिएको विवादलाई मध्यनजर गर्दै यसलाई नयाँ ढंगले समाधान गर्ने निर्णय गरिएको  उनले बताए ।