सांकेतिक तस्बिर

समाचार

४५३ संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

October 06, 2021

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४५३ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ३३८ कोरोना संक्रमितको आईसीयूमा र ११५ को भेन्टिलेटरमा गरी कुल ४५३ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ७७ जना आईसीयूमा र ३९ जना भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा आइसीयूमा १ जना उपचाररत छन् ।

त्यस्तै बागमती प्रदेशमा १८८ जना आईसीयूमा र ६५ जना भेन्टिलेटरमा उपचारत छन् भने गण्डकी प्रदेशमा २७ जना आईसीयूमा र २ उपचाररत छन् ।

त्यस्तै लुम्बिनी प्रदेशमा ३६ जना आईसीयूमा र ६ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कर्णालीमा ३ जना आईसीयूमा उपचारत छन भने सुदूरपश्चिम प्रदेशमा ६ जना आईसीयू र ३ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइररहेको मन्त्रालयले जनाएको छ ।