आर्थिक

ओपोद्वारा रायोट गेम्ससँग २०२१ लिग अफ लेजेन्ड्स वर्ल्डच्याम्पियनसिपका लागि पार्टनरसिपको घोषणा

By खबरहब

October 06, 2021

काठमाडौँ- ओपोले लिग अफ लेजेन्डस वर्ल्डच्याम्पियनसिप २०२१ (एस११)को प्रायोजनका लागि रायोट गेम्ससँग पार्टनरसिपको घोषणा गरेको छ । यो पार्टनरशिप ओपोले सन् २०१९देखि रायोट गेम्ससँग हस्ताक्षर गरेको बहु वर्षिय सम्झौताकै अंश हो ।

पार्टनरसिपले ओपोलाई विश्वभरका इ स्पोर्ट्स खेलाडीहरु माझ आफ्नो ब्रान्ड प्रतिको जागरुकता बढाउन सघाउनेछ ।

ओपोद्वारा २०२१ एलओएल वर्ल्ड च्याम्पियनसिपको प्रायोजन

यस बर्ष ओपोले फाइनलमा अद्वितीय प्रदर्शनीमार्फत ब्याट ग्राउन्डमा कब्जा जमाउन सफल खेलाडीहरुलाई मोस्ट भ्यालुएवल प्लेयर्स अवार्डबाट सम्मानित गर्नेछ । साथै, ओपोले आफ्ना दर्शकमाझ गेमिङ हाइलाइट्स तथा व्यवसायिक खेलाडी तथा टिमहरूका अन्तरवार्ता पनि प्रस्तुत गर्ने जानकारी दिइएको छ ।

यसले दर्शक–श्रोतालाई फाइनल गेम तिरको प्रगति र व्यवसायिक खेलाडीका बारेमा अझ जान्ने मौका प्रदान गर्ने ओपोको विश्वास छ ।