काठमाडौँ- इङ्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्पटनले एस्टन भिल्लालाई हराएको छ ।
घरेलु मैदानमा साउथह्याम्पटनले भिल्लाविरूद्ध तेस्रो मिनेटमा गरेको गोल नै निर्णायक भयो । साउथह्याम्पटनका लागि फरवार्ड एडम आर्मस्ट्रङले गोल गरे ।
जितपछि साउथह्याम्पटन ११ खेलमा १४ अंकसहित अंकतालिकाको १२औँ स्थानमा उक्लिएको छ । १० अंक जोडेको भिल्ला १५औँ स्थानमा कायम छ ।