फाइल तस्वीर

अन्तर्राष्ट्रिय

किम जोङ उनबाद लाद्ने तयारीमा उत्तर कोरियाली नेता

By खबरहब

November 06, 2021

प्योङयाङ– अग्रजहरुको प्रभाव कम गर्न र दबदबा अझै बढाउन उत्तर कोरियाली नेता किम जोङ उनले किम जोङ उनबाद लाद्ने तयारी गरेका छन् । यसका लागि उनले सरकारी अधिकारीहरुलाई कडा निर्देशन दिइसकेका छन् ।

३७ वर्षीय किमले देशका संस्थापक किम इल सङ र अग्रज किम जोङ इलको तस्विरलाई प्योङयाङका मुख्य भवनहरुबाट हटाउन थालेका छन् । सरकारी वृत्तमा किम जोङ उनबादलाई प्रर्वद्धन गरिएको र किमले स्वंयमलाई महान नेता घोषणा गरेको दक्षिण कोरियाको गुप्तचर निकायले जनाएको छ । यसअघि उनका हजुरबुबा किम इल सुङलाई कोरियामा महान नेता भनिन्थ्यो ।

किम नाम र शक्तिका लागि ‘भोका’ देखिएको पनि दक्षिण कोरियाली सञ्चार माध्यमहरुले टिप्पणी गरेका छन् । तर, किमको पछिल्लो तयारीलाई उत्तर कोरियाको बिरासत कमजोर बनाउने षडयन्त्र भएको विज्ञहरुले टिप्पणी गरेका छन् । एजेन्सी