अन्तर्राष्ट्रिय

भारतको महाराष्ट्रस्थित अस्पतालमा आगलागी हुँदा १० जना बिरामीको मृत्यु

By खबरहब

November 06, 2021

काठमाडौँ– भारत महाराष्ट्रको अहमदनगर जिल्लास्थित जिल्ला अस्पतालको आईसीयू वार्डमा आगलागी हुँदा कम्तिमा १० जनाको मृत्यु भएको छ ।

सिभिल अस्पतालको आईसीयूमा आगो लाग्दा उक्त दुर्घटना भएको हो । अहमदनगरका जिल्ला कलेक्टरले सो वार्डमा १७ जना कोराना संक्रमितको उपचार भइरहँदा आगलागी भएको बताएका छन् । उनले ती मध्ये १० जनाको मृत्यु भएको बताएका छन् । उनले विद्युत शर्ट हुँदा आगलागी भएको दाबी गरेका छन् ।

घटनापछि महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले छानबनिको आदेश दिएका छन् । मृतकका आफन्तले सफाइका लागि ३ घण्टासम्म ढोका बन्द हुँदा क्षति भएको बताएका छन् । एजेन्सी