फुटबल

एस्टन र टोटेनहमको जित

By खबरहब

December 06, 2021

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर एस्टन र टोटेनहम विजयी भएका छन् ।

आइतबार राति भएका खेलमा एस्टन भिल्लाले लेस्टरलाई २-१ गोल अन्तरले पराजित गर्दा टोटेनहमले नर्विच सिटीलाई ३-० ले हराएको हो ।

यस जितसँगै एस्टनले १५ खेलमा १९ अंक जोडेर एस्टन लिगको दशौँ स्थानमा रहेको छ । लेस्टर १९ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

यस जितसँगै टोटेनहमले १४ खेलमा २५ अंक जोडेको छ । टोटेनहम पाँचौं स्थानमा रहेको छ । नर्विच १० अंक जोडेर पुछारमा रहेको छ ।

त्यसैगरी म्यानचेस्टर युनाईटेडले क्रिस्टल प्यालेसलाई १-० गोल अन्तरले पराजित गर्दा ब्रेन्टफोड र लेड्स युनाइटेड २-२ को बराबरी खेलेका थिए ।