रोचक/विचित्र संसार

रक्सी खाने पिताका छोराले शिक्षकलाई यसो भने (भाइरल भिडियो)

By खबरहब

December 06, 2021

मदिरा पिउने र नशामा डुबिरहने कतिपय अभिभावकका कारण छोराछोरीले राम्रो शिक्षा नपाएको कैयौँ प्रसङ्गहरू छन्। भारतमा पनि यस्तै प्रकारको एक घटना सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

ट्विटरमा भाइरल भिडियोमा एक बालक (विद्यार्थी)लाई कक्षा कोठामा शिक्षकले सोध्छन्, ५ दिन अघि किताब किन्न भनेको थियो किन नकिनेको ? शिक्षकको प्रश्नमा ती बालक आँखाबाट बरर आशु झार्दै जवाफ दिन्छन्, मैले बुवालाई भने तर किनिदिनु भएन, बरु सधैँ रक्सी खानुहुन्छ ।

ती बालकले रुदैँ रुदैँ दिएको जवाफ पछि कक्षा कोठामै आइपुगेका ती बालकका पितालाई ती शिक्षकले हप्काउँदै सोध्छन् रक्सी खानुहुन्छ तर किन किताब किन्दिनु हुन्न । शिक्षकको प्रश्नमा ती पिता आफूले रक्सी नखाने बताउँछन् । तर सोही कक्षामा रहेकी ती बालककी बहिनीले पनि पिताले रक्सी खाएर किताब नकिन्दिएको बताउँछिन् ।

यो भिडियो भारतको बिहारस्थित रोहतास जिल्लाको तिलौथू प्रखण्डको सरकारी स्कूल उत्क्रमित मध्य विद्यालयको हो । शिक्षकले ती बालक र बालिकालाई बसाउँदै उनीहरूका पितालाई किताब किन्न अह्राउँछन् । साथै घरमा पिताले कुटे स्कुलमा आएर भन्न र त्यसो गरे प्रहरीलाई उजुरी गर्ने चेतावनी दिन्छन् ।

 

बच्चे ने पिता के सामने टीचर से रोते हुए की शिकायत

“पापा किताब नहीं खरीद रहे, सिर्फ दारू पी रहे हैं” pic.twitter.com/3RbHkBL5Tz

— Utkarsh Singh (@UtkarshSingh_) November 26, 2021