खेलकुद

आहा रारा गोल्डकपको पहिलो सेमिफाइनल आज, एपीएफ र संकटा भिड्दै

By खबरहब

April 07, 2021

 काठमाडौँ- पोखरामा चलिरहेको १९औँ आहा रारा गोल्डकप फुटबलको पहिलो सेमिफाइनल खेल आज हुँदैछ ।

पोखरा रंगशालामा अपराह्न ३ बजे हुने पहिलो सेमिफाइनलमा विभागीय टिम एपीएफ क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

एपीएफले आयोजक सहारा क्लबलाई हराएर अन्तिम चारमा पुगेको हो । संकटाले भने मनाङ मर्स्याङ्दी क्लबलाई हराएर एपीएफसँगको भेट पक्का गरेको हो ।

प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार रुपैँया हात पार्नेछ । यस्तै उपविजेताले टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।