टिप्स

शितपित्त भएमा गरिने घरेलु उपचार विधि

By खबरहब

July 07, 2021

शितपित्त पेटको खराबी तथा रगतको खराबीको कारण लाग्ने गर्दछ । शित पित्त हुँदा निम्नलिखित घरेलु औषधीहरु प्रयोग गर्नुपर्छ ।

१) २५ – ३० ग्राम चिरौजी बेलुका खाना खाइसकेपछि चपाउने गर्नाले शितपित्त निको हुन्छ ।

२) खाना खाइसकेपछि हरिद्रा खण्डलाई दुधसँग मिलाई खानु शितपित्तको लागि राम्रो मानिन्छ ।

३) बकाइनोको छाला (बोक्रा) लाई पिसेर महसँग मिलाएर खानाले शितपित्त निको हुन्छ ।

४) मेथीको दाना, बेसार, कालो मरिचलाई मिश्रीसँग मिलाई दुध वा महसँग खानाले शितपित्त निको हुन्छ ।

५) नागरवेलको रस मिश्रीसँग मिलाई खानु शितपित्तको लागि प्रभावकारी मानिन्छ ।

६) नुहाउने समयमा कागतीको रस प्रयोग गर्नु उत्तम हुन्छ ।

७) आधा चम्चा बेसारलाई भुटेर धुद वा महसँग मिलाई खानाले शितपित्त निको हुन्छ ।

८) १ चम्चा अदुवाको रस २ चम्चा महसँग मिलाई खानाले शितपित्त निको हुन्छ ।

९) २ ग्राम नागरकेशरलाई महसँग मिलाई खानु शितपित्तको लागि राम्रो मानिन्छ ।

साभार : ‘मेरा डाक्टर’ बाट