राजनीति

जसपा विवाद निरुपणका लागि आयोगद्वारा इजलास गठन

By खबरहब

July 07, 2021

काठमाडौँ– निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्न इजलास गठन गरेको छ ।

आयोग पदाधिकारीहरूको बुधबार भएको बैठकले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको हो ।

आयोगले सुनुवाइका लागि आगामी साउन ३ गते आइतबार दुवै पक्षलाई बोलाउने निर्णय भएको छ । सुनुवाइका लागि कानुन व्यवसायी राख्ने भए साथै ल्याउन पनि भनिएको छ ।

जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिता विवाद टुंग्याउन माग गर्दै आयोगमा निवेदन दिएको थियो ।