रोचक/विचित्र संसार

बच्चीले अभिभावकलाई गाली गरेको भिडियोको चर्चा

By खबरहब

September 07, 2021

आफ्ना सन्तान राम्ररी पढुन् र अघि बढुन् भन्ने हरेक अभिभावकको चाहाना हुन्छ । तर पढाइको महत्व नबुझेका साना बालबालिका पढाउन निकै कठिन हुन्छ । यस्तोमा साना बालबालिका पढाउन अभिभाभक केही रुखो बन्छन् अनि दबाब पनि दिन्छन् ।

ट्विटरमा एक यस्तै एक भिडियो भाइरल बनेको छ । जहाँ उनको अभिभावक उनलाई पढ्न दबाब दिदै केही रुखो व्यवहार गरेको देखिन्छ । तर सानी बालिकालाई भने उनको अभिभावकले जबरदस्ती पढाएको चित्त बुझ्दैन । पढ्न मन नलागेको बेला अभिभावकले हकारेर पढाएपछि ती बालिका उनीसँग रुष्ट बन्छिन् । उनीहरु बीचको संवाद निकै रोमाञ्चक लाग्दछ ।

पढ्न मन नलागेको बेला अभिभावकले पढाएको ती सानी बालिकालाई मन पर्दैन । यसैमा रुष्ट उनी पढाईमा केही भुल गर्न पुग्छिन् । उनले गन्न गल्ती गरेपछि उनकी अभिभावकले उनलाई हप्काउँछिन् ।

आफुलाई हप्काएको चित्त नबुझेपछि बालिकालाई रिस उठ्छ । यहि रिसमा उनले बोलेको संवाद ट्विटरमा भाइरल बनेको हो ।

1, 2, 3 4, 5,…..Par gussa….☺️☺️😢😢😢😊☺️

Pressures of learning….@arunbothra @ipskabra @hvgoenka @JournoAshutosh pic.twitter.com/L9KiKDFpmW

— Rupin Sharma IPS (@rupin1992) August 22, 2021