फाइल फोटो

अन्तर्राष्ट्रिय

भारतमा थप २२ हजार ६१७ जनामा संक्रमण

By खबरहब

October 07, 2021

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा २२ हजार ६१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ३८ लाख ९३ हजार २ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा २ लाख ५० हजार ४४० जना सक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ३१५ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ४९ हजार ८८३ पुगेको छ ।