औषधी/उपचार

दाँतबाट रगत बगेमा यसरी गर्न सकिन्छ घरेलु उपचार

By खबरहब

October 07, 2021

– अमलाको नियमित सेवन गर्नाले वा बेलको फल खानाले दन्तहर्षका रोगीहरुलाई राम्रो फाइदा गर्छ । – ल्वाङको तेल दाँतमा राख्नाले वा पोलेको अदुवाको टुक्रा वा ल्वाङलाई मुखमा राखेर चेप्ने र दत्तिउनको डाँठले सधैँ दाँत माझ्नाले दाँत दुखेको ठीक हुन्छ । – राती सुत्ने बेलामा बरको चोपलाई दाँतमा लगाउनाले, सुपारीलाई आगोमा पोलेर धुलो बनाई त्यसमा सुपारीको रुखको चोप र कपुर मिलाएर दाँत माझेमा दाँतको सम्पूर्ण रोगबाट मुक्ति मिल्दछ । – वरको चोपमा रुवा बेरेको सिन्का भिजाएर दुखेको वा किरा लागेको बंगाराको प्वालमा मात्र राख्दा किरा मर्छन् र सडिसकेको दाँत छ भने पनि सजिलै निस्कन्छ । साभार :‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट