प्रेरक

दुई कुरा : प्रेरक प्रसङ्ग

By खबरहब

October 07, 2021

नेहरु १९५० मा लन्डन गए । त्यहाँ एउटा समारोहमा उसनको भेट ब्रिटेनका भूतपूर्व प्रधानमन्त्री विन्स्टन चर्चिलसँग भयो । चर्चिल नेहरुका कटु आलोचक थिए । तर उनीहरु खुलेर कुरा गरे, दुवै पुराना दिन सम्झिरहेका थिए ।

यस चर्चामा चर्चिलले नेहरुसँग सोधे, तपाईंले अँग्रेजहरुको जेलमा कति वर्ष बिताउनु भयो ?

नेहरुले जवाफ दिए, लगभग १० वर्ष ।

यसमा चर्चिलले भने, हामीले तपाईंमाथि यस्तो व्यवहार गरेकोले तपाईंलाई हामीदेखि घृणा लाग्नुपर्ने हो ।

नेहरुले जवाफ दिए, कुरा यो हैन, हामीले एउटा यस्तो नेताको अधिनमा काम गरेका छौँ जसले हामीलाई दुईवटा कुरा सिकाएका छन् । पहिलो कुरा, कसैसँग नडराउनु र दोस्रो हो, कसैलाई घृणा नगर्नु । हामी त्यो बेलामा तपाईंसँग डराउँदैनथ्यौँ यसैकारणले अहिले घृणा पनि गर्दैनौँ ।

साभार प्रेरक प्रसङ्हरु पुस्तकबाट