फाइल तस्बिर

राजनीति

मन्त्री हुनेको नाम टुंग्याउन जसपाको बैठक जारी

By खबरहब

October 07, 2021

काठमाडौँ- मन्त्री हुनेको नाम टुंग्याउन जसपाको बैठक जारी छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तारको तयारी गरेपछि जसपाले आज मन्त्रीको नाम टुंग्याउन लागेको हो ।

सिंहदरबारस्थित जसपा संसदीय दलको कार्यालयमा जारी बैठकमा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईबीच छलफल भइरहेको छ ।

जसपाले चार मन्त्रालय पाउने निश्चित छ । आकांक्षी धेरै भएपछि कसलाई मन्त्री बनाउने भन्नेमा जसपामा सकस छ ।