राजनीति

नेकपा एकीकृतको स्थायी कमिटी बैठक बस्दै

By खबरहब

October 07, 2021

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक आज बस्दैछ ।

बिहान १० बजे डाकिएको बैठकमा केन्द्रीय नेताहरुको कार्यविभाजन तथा मन्त्री हुनेको नाम टुंग्याउने तयारी भएको नेता जगन्नाथ खतिवडाले जानकारी दिए ।

अध्यक्ष माधवकुमार नेपाल अस्पतालबाट घर फर्किएको चौथो दिनमा पार्टीको बैठक बस्न लागेको हो ।