af9Ln] Iflt k'¥ofPsf] :yn lg/LIf0f ub}{ dGqL vf0fF dgfª, @! c;f]h u[xdGqL afns[i0f vfF0f laxLaf/ dgfªsf] rfd] ufpFkflnsf–$ l:yt d:of{ªbL gbLdf cfPsf] af9Ln] Iflt k'¥ofPsf ahf/ If]q, ljBfno / ;fd'bflos tyf lghL ejg cjnf]sg ub}{ . tl:a/ M gjLg nfld5fg]÷/f;;

राजनीति

गृहमन्त्री खाँणद्वारा बाढीपहिरो प्रभावित मनाङको अनुगमन

By खबरहब

October 07, 2021

मनाङ- गृहमन्त्री बालकृष्ण खाँणले जिल्लास्थित बाढीपहिराले क्षति पुर्‍याएको क्षेत्रको आज अनुगनमन तथा निरीक्षण गरेका छन् ।

उनलाई प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले गत असारमा अकल्पनीय रुपमा गएको बाढीले जिल्लामा क्षति पुर्‍याएको संरचना तथा पुन निर्माणका बारेमा जानकारी गराएका थिए ।

सोही अवसरमा गृहमन्त्री खाँणले जिल्लास्थित सुरक्षा निकाय तथा कार्यालय प्रमुखसँग भेटघाट गरी सेवा प्रवाहलई थप चुस्त बनाउन निर्देशन दिएका छन् । बाढीले सबैभन्दा बढी ताल गाउँमा क्षति पुर्‍याएको थियो ।

सो अवसरमा पूर्व श्रम राज्य मन्त्री टेकबहादुर गुरुङले बाढी पहिरो प्रभावित जनताको जीविकोपार्जन तथा ती क्षेत्रको पुननिर्माण गर्न सरकारसँग आग्रह गरेका थिए ।