फाइल तस्वीर ।

समाचार

कांग्रेस नेता प्रदीप पौडेललाई कोरोना संक्रमण

By खबरहब

October 07, 2021

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

तीन दिनदेखि स्वास्थ्यमा समस्या आएपछि बिहीबार पीसीआर परीक्षणका क्रममा पौडेललाई कोरोना संक्रमण पुष्टि भएको हो । उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको जनाइएको छ ।