सांकेतिक तस्बिर

समाचार

४४१ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा, कुन प्रदेशमा कति ?

By खबरहब

October 07, 2021

काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४४१ कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।

मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल ३२९ कोरोना संक्रमितको आईसीयूमा र ११२ को भेन्टिलेटरमा गरी कुल ४४१ जना उपचाररत छन् ।

मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा ७६ जना आईसीयूमा र ३८ जना भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा आइसीयूमा १ जना उपचाररत छन् ।

त्यस्तै बागमती प्रदेशमा १७६ जना आईसीयूमा र ६६ जना भेन्टिलेटरमा उपचारत छन् भने गण्डकी प्रदेशमा ३० जना आईसीयूमा र २ उपचाररत छन् । त्यस्तै लुम्बिनी प्रदेशमा ३९ जना आईसीयूमा र ५ जना भेन्टिलेटरमा उपचाररत छन् ।

कर्णाली प्रदेशमा ३ जना आईसीयूमा उपचारत छन भने सुदूरपश्चिम प्रदेशमा ४ जना आईसीयू र १ जनालाई भेन्टिलेटरमा राखेर उपचार भइररहेको मन्त्रालयले जनाएको छ ।