समाचार

साहित्यतर्फको नोबेल पुरस्कार अब्दुलरजाकलाई प्रदान गरिने, हालसम्म क-कसले पाए ?

By खबरहब

October 07, 2021

काठमाडौँ- यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार तान्जानियाका उपन्यासकार अब्दुलरजाक गुर्नाहले पाउने भएका छन् ।

बिहीबार स्वीडिस एकेडेमीले यस वर्षको नोबेल पुरस्कार गुर्नाहला प्रदान गर्ने निर्णय गरेको हो ।

प्रत्येक वर्ष विभिन्न ६ विधामा नोबेल पुरस्कार दिइन्छ । यस वर्षको लागि शरीर विज्ञान तथा चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्रको नोबेल पुरस्कार घोषणा भइसकेको छ भने शान्ति र अर्थशास्त्रको पुरस्कारको घोषणा हुन भने बाँकी छ ।

यी हुन्  नोबेल साहित्य पुरस्कार विजेताहरू २०२०: लुइस ग्लक (अमेरिका) २०१९:: पिटर ह्यान्डके (अस्ट्रिया) २०१८: ओल्गा टोकारक्जुक (पोल्याण्ड) २०१७: काजुओ इशिगुरो (बेलायत) २०१६ बब डिलन (अमेरिका) २०१५: स्वेतलाना अलेक्विच (बेलारूस) २०१४: प्याट्रिक मोडियानो (फ्रान्स) २०१३: एलिस मुनरो (क्यानाडा) २०१२: मो यान (चीन) २०११: टोमस ट्रान्सट्रोमर (स्वीडेन) २०१०: मारियो वर्गास ल्वसा (पेरू) २००९: हर्टा मुइलेर (जर्मनी) २००८ जीन-मेरी गुस्तावे ले क्लीजियो (फ्रान्स) २००७ डोरिस लेसिंग (बेलायत) २००६ ओरहान पामुक (टर्की)