जोक्स

चुट्किला: गोबर भरिएको छ

By खबरहब

November 07, 2021

सधैँ एसएलसी परीक्षामा फेल भइरहने छोरालाई बुवाले गाली गर्दै भन्यो, बुवा : चोर, गधा मेरो लगानी सबै खेर फालिस् । तेरो गोबर भरिएको दिमागले कसरी पास गरोस् ? छोरा : तपाईंलाई थाहा रहेछ त मेरो दिमागमा गोबर भरिएको छ, फेरि बारम्बार मेरो यही दिमाग किन चाट्नुहुन्छ ?

टाउको हल्लाउँदै भन्यो,

एउटा बालक आफ्नो साथीसँग क्याब्रे डान्स हेर्न गएछ । आमाले त्यो कुरा थाहा पाएपछि एकदमै रिसाइछन् । आमा : बाबु त्यहाँ त्यस्तो कुनै चीज त देखेनौ, जुन तिमीले हेर्न हुँदैनथ्यो । छोरा : टाउको हल्लाउँदै भन्यो, हो आमा देखेथेँ । आमा : के देखिस् ? छोरा : बुवालाई । साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट