प्रेरक

लक्ष्मीप्रसाद देवकोटाका केही अमर वाणी

By खबरहब

November 07, 2021

१. साहित्यिक श्रेष्ठताको नाम जनतामा परेको प्रभाव र सार्वकालीन हृदय स्पर्शितामा निर्भर रहन्छ । २. तपाईंसँग मन र हृदयरुपी यति विशाल धन छन् कि तपाईं ती दुवै सागरबाट आँखाले, हातले, गोडाले, शरीरले अधरले उभिएर विश्वलाई जति पनि दिने सामथ्र्य राख्नुहुन्छ । ३. हृदय र मस्तिष्कको सन्तुलित विकासको पैदावारी गराउने चेष्टाद्वारा प्रकाशमान व्यक्तित्वबाट प्रवाहित सिर्जनाका धारालाई हामी साहित्य भन्दछौँ । ४. यो जीवन एक वीणा हो, जहाँ विवादह बजाउन दुःख हुन्छ । हामी मृदुल कलाले आनन्द पाउँछौँ । ५. सत्य प्राकृत छ, असत्य अप्राकृतिक । ईश्वरसाथ हुँदा मानवात्मा शान्ति र पोषण पाउँछ । असत्य आत्मघाती छ । ६. विज्ञानभन्दा ज्ञान मूल्यवान छ । ७. जड्मा स्वतः क्रिया हुँदैन क्रिया गर्ने कर्ता स्वतः प्रमाणित हुन्छ । ८. ईश्वरीय संसार नै शून्य छ, कारण नभई कार्य हुँदैन । हामी उनी छन् भन्ने विश्वासमा जीवन धारण गर्दछौँ । ९. जुन चीज त्रिकालराध्य छ त्यसलाई सत्य भनिन्छ र ईश्वर नै प्रथम र अन्तिम सत्य हुन् । १०. ईश्वरसँग मनुष्यको सादृश्य जनाउने कुनै चीज छ भने ती मानवकल्पता र कला हुन् । साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट