देश/प्रदेश

प्रदेश १ र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

By खबरहब

November 07, 2021

काठमाडौँ– नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । आइतबार बिहान पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी क्षेत्रमा मौसम सामान्यतय सफा छ ।

दिउँसो प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । ती प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हिमपातको पनि आँकलन गरिएको छ ।

राति प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशमा आंशिक बदली रहनेछ । सोमबार प्रदेश १ र गण्डकीका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।