सांकेतिक तस्बिर

समाचार

तारकेश्वरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

By खबरहब

November 07, 2021

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६, फूलबारी गेटनजिक स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । स्कुटर चालक काठमाडौँको नारायणस्थान बस्ने २६ वर्षीय विकास पुतवारको मृत्यु भएको हो ।

गए राति करिब पौने १२ बजे फूलबारी गेटबाट गोलढुंगातिर जाँदै गरेको बा६६प ३९८७ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका पुतवारको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त बालाजुले जनाएको छ ।