प्रतिकात्मक तस्वीर

देश/प्रदेश

देउसी खेल्न गएका युवाहरुलाई बसले ठक्क्र दिँदा २ जनाको मृत्यु

By खबरहब

November 07, 2021

मकवानपुर– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका १९ नेवारपानीमा यात्रुवाहक बसले देउसी खेल्न गएको युवाहरुको समूहलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । घटनामा अन्य चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा हेटौंडा १९ नेवारपानीका २० वर्षीय सुरज विष्ट र चितवन पिप्लेका ३४ वर्षीय प्रेमबहादुर सिंह ठकुरी रहेको प्रहरीले जनाएको छ । घाइते भएका सङ्गम नेपाली, निषा मोक्तान, तुलसा विष्ट र लक्ष्मी गुरुङको उपचार भइरहेको छ ।

रौतहटको गौरबाट हेटौँडा हुँदै नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख ०९३६ नम्बरको बसले देउसीभैलो खेल्न हिँडेका पैदलयात्रीलाई ठक्कर दिएको थियो ।

ठक्करपछि स्थानीयवासीले बसमा आगजनी गरेका छन् । बस जलेर नष्ट भएको छ ।