देश/प्रदेश

अपडेट : सल्यान बसमा १२ को मृत्यु, ३ को पहिचान

By खबरहब

November 07, 2021

दाङ– सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको रा१ख २५५२ नम्बरको बस दुर्घटनामा मृत्यु हुनेको संखया बाह्र पुगेको छ ।

आइतबार विहान सल्यानको खलंगाबाट दाङको तुलसीपुर आउँदै गरेको बस कपुरकोट गाउँपालिकामा दुर्घटना ग्रस्त भएको थियो । उक्त बसमा ३० जना यात्रु सवार थिए । बस सडकबाट करिब दुई सय मिटर तल खोलामा खसेको छ । घाइतेहरूका अनुसार बस निकै नै तिव्र गतिमा थियो ।

मृतकको विवरण

१ सल्यान जिल्ला छत्रेश्चरी गाउँपालिमा २ बस्ने २९ बर्षका तिलक ओली

२ दाङ जिल्ला घोराही उपमहानगरको नारायनपुर बस्ने ६५ बर्षकी ईन्द्रा अधिकारी

३ दाङ जिल्ला बबई गाउँपालिका(६ पन्चकुले बस्ने ७० बर्षकी कलावती बुढाथोकी

मृतक १२ जना मध्ये १० महिला २ पुरुष रहेका छन् । तीन जनाको परिचय खुले पनि अन्य नौ जनाको भने परिचय खुल्न बाँककी रहेको छ ।