देश/प्रदेश

लार्फागाउँमा खानेपानी चरम अभाव

By खबरहब

November 07, 2021

सुर्खेत– कालिकोटको पलाँता गाउँपालिका–२ लार्फागाउँमा खानेपानीको चरम अभाव भएको छ । यो गाउँको नजिकै खानेपानीको मुहान नहुँदा सर्वसाधारणले वर्षौदेखि खानेपानी समस्या भोग्दै आइरहेका छन् ।

पलाँताकी अमनी बिश्वक्रर्माका अनुसार गाउँमा पानी भर्ने एउटै मात्रै स्थान छ । सिंगो गाउँका मानिस एकै ठाउँमा भर पर्नु पर्दा भिडभाड हुने गर्छ । बिहानै पानी लिन आए दिनभर लाग्ने र दिनहुँजसो झगडा हुने उनले बताइन् । यस्तै, जितन बिश्वक्रर्माले पनि एक गाग्री पानीका लागि घण्टौं लाइन बस्नुपर्ने बताए ।

गाउँपालिका र हुरुन्डेक नेपालले खानेपानीका लागि भने काम गरिरहेको बताएका छन् । अबको १५ दिनमा लार्फाका सबै नागरिकको घरघरमा धारा हुने वडा अध्यक्ष बिरी कामीले बताए । कर्णालीका विकट गाउँका नागरिकले अझै पनि सफा र स्वच्छ खानेपानीको सहज पहुँचभन्दा बाहिर रहेका छन् ।