राजनीति

सत्ता गठबन्धनले लोकतन्त्र कमजोर बनाएको ओलीको आरोप (भिडियोसहित)

By खबरहब

November 07, 2021

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले मुलुकको लोकतन्त्रलाई कमजोेर बनाउन खोजेको आरोप लगाएका छन् ।

एमाले कर्णाली प्रदेश सम्पर्क कमिटीले आइतबार काठमाडौँमा गरेको कार्यक्रममा ओलीले सत्ता गठबन्धनले मुलुकका लागि नभएर सत्ता स्वार्थका लागि एकता गरेको भन्दै गठबन्धनले मुलुकको लोकतन्त्रलाई कमजोेर बनाउन खोजेको आरोप लगाए । ओलीले सेना र प्रहरी प्रयोग गर्न नसकिएपछि आफ्नो सरकारमाथि अदालत प्रयोग भएको टिप्पणी गरे।

अब पनि अनेक प्रतिगामी परमादेश आउन सक्ने भन्दै उनले एमालेले मुलुक र लोकतन्त्रलाई तलमाथि हुन नदिने बताए । एमाले नभएको भए १७ साल दोहरिने खतरा देखिएको उनले तर्क दाबी गरे । उनले एमालेका लागि सरकार नभएर मुलुक पहिलो प्राथमिकता भएको स्पष्ट पारे।

एमाले अध्यक्ष ओलीले बाबुराम भट्टराई भूमिगत हुँदा उनका छोराछोरी बेलायत पढ्न गएको भन्दै आम्दानी र भिसाका बिषयमा प्रश्न उठाए ।