अन्तर्राष्ट्रिय

हेलिकोप्टर दुर्घटनामा दुई जना पाइलटको मृत्यु

By खबरहब

December 07, 2021

काठमाडौँ– पाकिस्तानको बाल्टिस्तानमा एउटा हेलिकोप्टर दुर्घटना हुँदा दुई चालकको मृत्यु भएको छ ।

बाल्टिस्तानको घाँचे जिल्लाको सियाचन क्षेत्रमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई चालकको मृत्यु भएको हो । दुर्घटनामा मेजर जिशान जहानजेब र इरफान वर्चाको मृत्यु भएको इन्टर–सर्भिस पब्लिक रिलेसन (आईएसपीआरले जनाएको छ ।

दुर्घटनाबारे थप अनुसन्धान सुरु भएको छ । हेलिकोप्टरलाइ लडाकुले हमला गरेको हुन सक्ने अनुमानसमेत गरिएको छ ।