खेलकुद

एभर्टनले आर्सनललाई हरायो

By खबरहब

December 07, 2021

काठमाडौँ– एभर्टनले इंग्लिस प्रिमियर लिगमा लण्डन क्कब आर्सनललाई पराजित गरेको छ ।

सोमबार राति एभर्टनले घरेलु मैदान गुडिसन पार्कमा आर्सनललाई २-१ अन्तरले जित्दै महत्त्वपूर्ण तीन अंक हासिल गरेको हो ।

एभर्टनको जितमा रिचार्लीसन र डिमाराई ग्रेले १-१ गोल गरे । आर्सनलका मार्टिन ओडेगार्डको गोल गरे ।

जितसँगै १२ औं स्थानमा रहेको एभर्टनले १५ खेलबाट १८ अंक जोडेको छ । पराजित आर्सनल २३ अंक जोडेर सातौँ स्थानमा छ ।