राजनीति

कांग्रेस प्रदेश समिति : खोटाङका एक महामन्त्री र चार सदस्य निर्वाचित

By खबरहब

December 07, 2021

खोटाङ– खोटाङबाट नेपाली कांग्रेसको प्रदेश समितिमा एक महामन्त्री र चार सदस्य निर्वाचित भएका छन् ।

प्रदेश १ महामन्त्रीमा भूपेन्द्र राई र सदस्यमा सदस्य जितेन्द्रसिंह ठकुरी, बिमला राई, लोकेन्द्र राई र शान्तिकला राई निर्वाचित भएका हुन् ।

पदाधिकारीको आइतबार राति र सदस्यको अन्तिम मत परिणाम सोमबार राति आएको हो ।

ठकुरी गुरुराज घिमिरे प्यानल र महामन्त्री राईसहित तीन सदस्य उद्व थापा (प्रदेश सभापतिमा विजयी)को प्यानलबाट निर्वाचित भएका हुन् ।