आर्थिक

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

By खबरहब

December 07, 2021

काठमाडौँ- साताको तेस्रो दिन मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला २०० रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी प्रतितोला १० रुपैयाँले घटेर एक हजार १९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।