फाइल फोटो

राजनीति

मूल्य मान्यता कुल्चिएर सत्ताको दुरुपयोग भयो : गुरु घिमिरे

By खबरहब

December 07, 2021

काठमाडौँ– नेपाली कांग्रेस प्रदेश १ को सभापतिमा दुई मतले पराजित नेता गुरु घिमिरेले आफ्नो हारबारे प्रतिक्रिया दिँदै सत्ताको दरुपयोग भएको आरोप लगाएका छन् ।

मंगलबार काठमाडौँमा पत्रकारहरुसँगको छोटो कुराकानीमा उनले मूल्य मान्यता कुल्चिएर निर्वाचनमा सत्ताको दुरुपयोग भएको दाबी गरे।

उनले आफूमाथि राजनीतिक हिंसा भएकोसमेत प्रतिक्रिया दिए । उनले प्रतिनिधिसभामा टिकट नदिएर सभापति देउवाले पहिलो पटक राजनीतिक हिंसा गरेको र अहिले प्रदेश सभापतिमा पराजित गराएर फेरि राजनीतिक हिंसा गरेको टिप्पणी गरे ।

बलियो मानिएको देउवा इतर समूहबाट उम्मेदवार बनेका घिमिरे सिटौला–देउवा समूहका उद्धव थाापसँग २ मतले पराजित भएका थिए । उनको पराजयले कांग्रेस वृत्तमा तरंग ल्याएको छ ।